IME Life New

भुजुङ हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारमा रहेकाले आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भुजुङ हाइड्रोपावरले आइपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिने आज पुस ७ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत पुस ३ गतेबाट पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरेको थियो। यो आइपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। स्थानीयका लागि भने आइपीओका निष्कासन बन्द छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गते बैंकिङ समयपछि हुनेछ।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले भुजुङ हाइड्रोपावरलाई जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबराको १०० रुपैयाँ अकित दरका साधारण शेयर निष्कासनको अनुमति दिएको छ। जसमा जारी पुँजीको १० प्रतिशत अर्थात १० करोड रुपैयाँबराबरको शेयर आयोजना प्रभावित र १० करोड रुपैयाँबराबरको शेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमध्ये लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नं. ४ प्रत्यक्ष प्रभावित क्षेत्रका लागि ६० प्रतिशतले हुन आउने ६ लाख कित्ता र ४० प्रतिशतले हुन आउने ४ लाख कित्ता सोही गाउँपालिकाका वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ का लागि अप्रत्यक्ष रुपमा प्रभावित स्थानीयका लागि जारी गरेको छ।

यसैगरी सर्वसाधारणका लागि छुट्याएको १० लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख कित्तामा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्।

दुवै समूहले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। स्थानीयले क्व्होलासोथार गाउँपालिका वडा नं. ४ कार्यालय, क्व्होलासोथार गाउँपालिकाको कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसीसहर शाखा र भुजुङ हाइड्रोपावरको काठमाडौंको सामाखुसीस्थित रजिस्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यो आइपीओको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS