काठमाडौं । आज नेप्से परिसूचक ३ दशमलव ६२ अंकले बढेर २,६२८ को विन्दुमा कायम भएको छ । आज १३८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् । बोटलर्स नेपाल तराईका लगानीकर्ताले ५ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन् । गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ४ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् ।












