काठमाडौं । सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बीमा गर्ने व्यवस्था मिलाउने प्राधिकरणले जनाएको छ । आज आर्थिक वर्ष २०८२ /८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले यस्तो बताएका हुन् ।
साथै, विद्यालय तथा उच्च शिक्षाको पाठ्यक्रममा बीमा सम्बन्धी विषय समावेश गर्ने पनि सो नीति तथा कार्यक्रम मार्फत प्राधिकरणले जनाएको छ ।

















