IME Life New

नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कैलालीको तेस्रो साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कैलालीको तेस्रो साधारण सभा तथा दोस्रो चुनावी साधारण सभा सम्पन्न भएको छ। कार्यक्रम नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख केदारनाथ भट्टको प्रमुख आतिथ्य र सोसाइटीका अध्यक्ष सुनील श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि भट्टले साधारण सभाको सफल आयोजनाका लागि शुभकामना व्यक्त गर्दै बीमा क्षेत्रलाई पारदर्शी, उत्तरदायी र सेवामुखी बनाउन बीमा पेशाकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । उनले बीमितको विश्वास नै बीमा व्यवसायको आधार भएकाले दाबी भुक्तानी प्रक्रिया छिटो, सरल र प्रभावकारी हुनुपर्नेमा जोड दिए । साथै, सेवाग्राहीको गुनासो नआउने गरी व्यावसायिक आचरण, अनुशासन र गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन बीमा कम्पनी र पेशाकर्मीलाई आग्रह गरे ।

Esewa
Crest

कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (जीवन बीमा) का अध्यक्ष गणेश सावद विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । सो अवसरमा सोसाईटीका सल्लाहकार डिल्ली राज शर्मा, विशिष्ट अतिथि गणेश सावदलगायतले शुभकामना मन्तव्य राख्दै संस्थाले बीमा क्षेत्रको व्यावसायिक विकास, आपसी समन्वय र बीमा सचेतना अभिवृद्धिमा पुर्‍याएको योगदानको प्रशंसा गरे । उनीहरूले आगामी दिनमा पनि संस्थाले पेशाकर्मीको क्षमता अभिवृद्धि, अनुभव आदानप्रदान र जनविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संस्थाका सदस्य सागर बमले स्वागत मन्तव्य राखेका थिए । सचिव नर बहादुर नेगीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा कैलाली जिल्लामा कार्यरत निर्जीवन बीमा कम्पनीका प्रतिनिधि, बीमा पेशाकर्मी र संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो।

साधारण सभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगामी कार्ययोजना छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको थियो। त्यसपछि सम्पन्न दोस्रो चुनावी साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि सुनील श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमिति यसप्रकार रहेको छः
अध्यक्षः सुनील श्रेष्ठ
उपाध्यक्षः नरेश ओझा
सचिव: नर बहादुर नेगी
कोषाध्यक्ष सागर बम
सदस्य सुरज रावल
सदस्य श्याम बिष्ट
सदस्य राम सिंह महरा
सदस्यः माधव ओझा
सदस्य केशव राज पनेरु
सदस्य शकुन्तला न्यौपाने
सदस्य  मुना घिमिरे
नवनिर्वाचित अध्यक्ष सुनील श्रेष्ठले सदस्यहरूले व्यक्त गरेको विश्वासप्रति धन्यवाद दिँदै आगामी कार्यकालमा संस्थालाई अझ सशक्त, क्रियाशील र व्यावसायिक बनाउने प्रतिबद्धता जनाए । उनले बीमा क्षेत्रमा कार्यरत पेशाकर्मीबीच सहकार्य, क्षमता अभिवृद्धि, व्यावसायिक दक्षता विकास र बीमा सचेतना विस्तारका लागि संस्थाले प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS