काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको हो । नेप्से परिसूचक १८ दशमलव ४० अंकले घटेर २,४८७ को विन्दुमा कायम भएको छ । आज ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३११ कम्पनीको ७६ लाख ४३ हजार ६३५ कित्ता शेयर किनकबेच हुँदा ३ अर्ब २७ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको १५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १३ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ११ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


















