IME Life New

असोजबाट अनिवार्य गरिएको सवारीसाधनमा इम्बोस्ड नम्बर लिन यस्ता छन् प्रक्रिया, कति लाग्छ शुल्क ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। देशभर आउँदो असोज १ गतेबाट सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असोज १ गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने गराउने निर्णय गरेको छ। सबै प्रदेश सरकारमातहतका यातायात व्यवस्था कार्यालयबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा असोज १ गतेदेखि लागू हुने गरी अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने मन्त्रालयले जनाएको छ। यो व्यवस्था कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने र गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरीसमेत परिचालन गरी प्रभावकारी नियमन गर्नेछ।

Crest

यस्तो छ प्रक्रिया

१. hsenp.dotm.gov.np मा गएर अनलाइन फाराम भर्ने।

२. तोकिएको यातायात कार्यालयमा गएर तोकिएअनुसारको दस्तुर बुझाउने।

३. अनलाइन फारामसँगै तल आवश्यक कागजातहरु सम्बन्धित यातायात कार्यालयमा बुझाउने।

आवश्यक कागजपत्र

  • फोटोसहितको अनलाइन फराम सवारीधनी व्यक्ति भएमा मात्र।
  • छापसहितको अनलाइन फारम सवारीसाधन कार्यालयको वा कम्पनीको भएमा।
  • सवारीसाधन सरकारी नाममा भए कार्यलयको छापसहितको पत्र।
  • राजस्व बुझाएको रसिद।

लाग्ने शुल्क

  • दुईपांग्रे सवारीः रु. २५००
  • तीनपांग्रे सवारीः रु. २९००
  • साना तथा मझौला चारपांग्रे सवारीः रु. ३२००
  • ठूला सवारीः रु. ३६००

अन्य आवश्यक कागजपत्र

  • नागरिकताको प्रतिलिपि। (सवारीधनी व्यक्ति भएमा मात्र)।
  • कम्पनी दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि वा प्यान वा भ्याटको पत्र (सवारीसाधन कम्पनीको नाममा भएमामात्र)।
  • बैंकिङ प्रक्रियाबाट खरिद भएको सवारीको हकमा सम्बन्धित बैंकको सहमतिपत्र।
  • सवारीधनी र सवारीदर्तासम्बन्धी विवरण भएको ब्लु बुकको प्रतिलिपि।
  • चालु आर्थिक वर्षको सवारीकर चुक्ता भएको प्रमाणित गर्ने कागजात।
  • सवारीसाधनको सक्कल दर्ता प्रमाणपत्रको (ब्लु बुक) कपी।

४. सबै कागजपत्र तयारी गरी कार्यलयमा रुजु गराउने बायोमेट्रिकका लागि एसएमएसमार्फत जानकारी गराइनेछ।

५. तोकिएको समयमा बायोमेट्रिकका लागि साथै सवारीमा नम्बर प्लेट जडानका लागि तोकिएको यातायात कार्यालय जानुपर्नेछ।

६. सबै प्रकिया पूरा भएपछि इम्बोस्ड नम्बर ब्लु बुकमा लेखाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

8%

दु :खी

8%

अचम्मित

0%

उत्साहित

85%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS