काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार उच्च अंकले बढेको छ। नेप्से परिसूचक २६.५३ अंकले बढेर २६२२.२८ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेको छ भने एउटा समूह घटेको छ। यो दिन बैंकिङ समूह सर्वाधिक २ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह ०.५६ प्रतिशतले घटेको छ।
यो दिन १८५ वटा कम्पनीको शेयरभाउ बढ्दा ६३ वटाको घटेको छ। आज बजारमा ७ अर्ब १२ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार साहास ऊर्जाको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- साहास ऊर्जाः ५७ करोड ८६ लाख रुपैयाँ
- बुटवल पावरः ३४ करोड ९९ लाख रुपैयाँ
- युनियन हाइड्रोपावर २४ करोड ३३ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः २३ करोड ४१ लाख रुपैयाँ
- राधी विद्युतः २१ करोड २८ लाख रुपैयाँ
- बरुण हाइड्रोपावरः २० करोड ३६ लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः १८ करोड १३ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः १७ करोड ८३ लाख रुपैयाँ
- युनिभर्सल पावरः १४ करोड ८७ लाख रुपैयाँ
- सिंगटी हाइड्रोः १३ करोड ८० लाख रुपैयाँ

















