काठमाडौं । शेयर बजारमा मंगलबार सुधार देखिएको छ। नेप्से परिसूचक आज १२.०३ अंकले बढेर २७६१.८६ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने २ वटा घटेका छन्। यो दिन बैंकिङ समूह सर्वाधिक १.५० प्रतिशतले बढेको छ भने व्यापार समूह सर्वाधिक ०.८५ प्रतिशतले घटेको छ।
आज बजारमा १४३ कम्पनीको शेयरभाउ बढेको छ भने १०६ कम्पनीको घटेको छ। यो दिन २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ५ अर्ब १० करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- नेपाल पुनर्बीमा कम्पनीः २८ करोड ८ लाख रुपैयाँ
- एभरेष्ट बैंकः २४ करोड ४४ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः २१ करोड ८१ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २० करोड ९५ लाख रुपैयाँ
- कुमारी बैंकः १७ करोड ९५ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १७ करोड ७६ लाख रुपैयाँ
- सिद्धार्थ बैंकः १७ करोड ५ लाख रुपैयाँ
- शिवम सिमेन्टः १४ करोड ५० लाख रुपैयाँ
- सानिमा बैंकः १३ करोड ५७ लाख रुपैयाँ
- विकास हाइड्रोपावरः ९ करोड १६ लाख रुपैयाँ

















