काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक २४.७६ अंकले घटेर २६२८.९१ को विन्दुमा बन्द भएको हो।
बजार घट्दा सबै समूहमा रातो पोतिएको छ। यो दिन व्यापार समूह सर्वाधिक २.४७ प्रतिशतले घटेको छ।
आज बजारमा ४७ कम्पनीको मात्रै शेयरभाउ बढेको छ। यो दिन २०१ कम्पनीको शेयरभाउ घटेको छ।
बजारमा करिब सवा ११ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- ङादी ग्रुप पावरः ८५ करोड ४४ लाख रुपैयाँ
- बुटवल पावरः ५८ करोड ९ लाख रुपैयाँ
- सिंगटी हाइड्रोः ४७ करोड ९१ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ४२ करोड २१ लाख रुपैयाँ
- राधी विद्युतः ३५ करोड ४३ लाख रुपैयाँ
- युनिभर्सल पावरः ३० करोड ३९ लाख रुपैयाँ
- हिमालयन ऊर्जाः २९ करोड ७५ लाख रुपैयाँ
- मध्यभोटेकोशी जलविद्युतः २८ करोड ७७ लाख रुपैयाँ
- पियोर इनर्जीः २६ करोड ८६ लाख रुपैयाँ
- सिनर्जी पावरः २६ करोड ५१ लाख रुपैयाँ

















