काठमाडौं । शेयर बजारमा मंगलबार झिनो अंकको सुधार आएको छ। नेप्से परिसूचक १.०३ अंकले बढेर २६११.४३ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। आज व्यापार समूह सर्वाधिक २.०३ प्रतिशतले उकालो लाग्दा अन्य समूह सर्वाधिक १.५८ प्रतिशतले ओरालो लागेको छ।
बजारमा आज १२० कम्पनीको शेयरभाउ बढेको छ भने १२६ वटाको घटेको छ। यो दिन बजारमा करिब पौने ९ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सानिमा माई हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- सानिमा माई हाइड्रोपावरः ९२ करोड ८९ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ६७ करोड ३२ लाख रुपैयाँ
- राधी विद्युतः ३८ करोड २२ लाख रुपैयाँ
- युनिभर्सल पावरः ३६ करोड ११ लाख रुपैयाँ
- अरुण भ्याली हाइड्रोपावरः ३२ करोड ७० लाख रुपैयाँ
- रिडी पावरः २९ करोड ४१ लाख रुपैयाँ
- साहस ऊर्जाः २८ करोड ९ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २७ करोड २१ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः २१ करोड ९१ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः २० करोड ४३ लाख रुपैयाँ

















