काठमाडौं । शेयर बजारमा बुधबार पनि गिरावट आएको छ। नेप्से परिसूचक ८.१४ अंकले घटेर २६२३.८३ को विन्दुमा बन्द भएको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् ९ वटा समूह घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ०.४० प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.२४ प्रतिशतले घटेको छ।
आज बजारमा १०७ कम्पनीको शेयरभाउ बढेको छ भने १३६ कम्पनीको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ९ अर्ब ३७ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- राधी विद्युतः ५८ करोड ४ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ५२ करोड ९९ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ५० करोड ९४ लाख रुपैयाँ
- अरुण भ्याली हाइड्रोपावरः ४२ करोड ३० लाख रुपैयाँ
- हिमालयन पावर पार्टनरः ३५ करोड ९४ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३३ करोड ५४ लाख रुपैयाँ
- युनिभर्सल पावरः ३२ करोड ५७ लाख रुपैयाँ
- एचआईडीसीएलपीः ३१ करोड ९५ लाख रुपैयाँ
- सिनर्जी पावरः २५ करोड ६६ लाख रुपैयाँ
- एचआईडीसीएलः २४ करोड ४४ लाख रुपैयाँ

















