काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार सामान्य अंकले बढेको छ। यो दिन नेप्से परिसूचक ३.५८ अंकले बढेर २६६१.६० को विन्दुमा बन्द भएको हो।
बजार बन्द हुँदा नेप्से उपसमूहमा रहेका ६ वटा समूह बढेका छन् भने ७ वटा घटेका छन्। यो दिन लगानी समूह सर्वाधिक १.७७ अंकले बढ्दा वित्त समूह सर्वाधिक १.०५ प्रतिशतले घटेको छ।
आज बजारमा १०४ कम्पनीको शेयरभाउ बढेको भने १४१ वटाको घटेको छ। यो दिन पौने ११ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- ङादी ग्रुप पावरः ८६ करोड १७ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ५६ करोड ३८ लाख रुपैयाँ
- राधी विद्युतः ५६ करोड २० लाख रुपैयाँ
- एचआईडीसीएलः ५२ करोड ७४ लाख रुपैयाँ
- एचआईडीसीएलपीः ४७ करोड ८२ लाख रुपैयाँ
- अरुण भ्याली हाइड्रोपावरः ४५ करोड ९९ लाख रुपैयाँ
- युनिभर्सल पावरः ४३ करोड ११ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ४२ करोड ५० लाख रुपैयाँ
- निफ्राः ३६ करोड ९२ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः २५ करोड ५२ लाख रुपैयाँ

















