काठमाडौं । शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ को विन्दुमा बन्द भएको हो।
लगातार ६ दिनको घटाइपछि बढेको बजारमा नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटा समूह बढेका छन् भने २ वटा घटेको छ। आज लगानी समूह सर्वाधिक १.७६ प्रतिशतले बढ्दा विकास बैंक समूह सर्वाधिक ०.३३ प्रतिशतले घटेको छ।
बजारमा आज १४६ कम्पनीको शेयरभाउ बढेको छ भने ८८ कम्पनीको घटेको छ। यो दिन १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
शेयर बजारमा आज करिब सवा ८ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार माछापुच्छ्रे बैंकको संस्थापक शेयरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- माछापुच्छ्रे बैंकको संस्थापक शेयरः ८१ करोड ३६ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ५६ करोड ४ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ४९ करोड ३६ लाख रुपैयाँ
- घलेम्दी हाइड्रोः ३९ करोड १९ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः ३८ करोड ६७ लाख रुपैयाँ
- महालक्ष्मी विकास बैंकः ३८ करोड ४३ लाख रुपैयाँ
- गार्डियन माइक्रो लाइफः ३६ करोड ८६ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः १८ करोड १२ लाख रुपैयाँ
- नारायणी डेभलपमेन्ट बैंकः १७ करोड ५८ लाख रुपैयाँ
- बरुण हाइड्रोपावरः १६ करोड ९८ लाख रुपैयाँ