काठमाडौं । शेयर बजारमा आज हरियाली छाएको छ। गभर्नर नियुक्तिको सम्भावनाले लगानीकर्ताको मनोबल बढ्दा बजारमा हरियाली छाएको हो।
नेप्से परिसूचक आज ४९.०९ अंकले बढेर २६७७.४५ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा सबै १३ वटै समूहमा हरियाली छाएको छ। आज होटल तथा पर्यटन समूह सर्वाधिक ३.४२ प्रतिशतले बढेको छ।
यो दिन बजारमा २२९ कम्पनीको शेयरभाउ बढ्दा १५ वटाको घटेको छ। आज एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ७ अर्ब ३१ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- राधी विद्युतः ४१ करोड ८० लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ३६ करोड ८३ लाख रुपैयाँ
- युनिभर्सल पावरः ३१ करोड ७४ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ३० करोड ४९ लाख रुपैयाँ
- सोल्टी होटलः २९ करोड २८ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २७ करोड ८४ लाख रुपैयाँ
- चन्द्रागिरी हिल्सः २३ करोड ५४ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः २३ करोड ५२ लाख रुपैयाँ
- गार्डियन माइक्रो लाइफः २० करोड ९१ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १७ करोड ७१ लाख रुपैयाँ

















