IME Life New

यसकारण म्याग्नेसियम ग्लाइसिनेटयुक्त पूरक खाद्य पदार्थ बिक्री-वितरणमा प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘म्याग्नेसियम ग्लाइसिनेट’ मोलिक्युल भएका कुनै पनि आहारपूरक खाद्य पदार्थ (डायटरी सप्लिमेन्ट) दर्ता नभएको भन्दै यसको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ।

विभागले एउटा जरुरी सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जालमा यस मोलिक्युलयुक्त पूरक खाद्य पदार्थको प्रचारप्रसार तथा बिक्रीवितरण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को व्यवस्था तथा आहारपूरक खाद्य पदार्थ नियमन कार्यविधि, २०७२ को प्रावधान बमोजिम नेपालमा फुड, हेल्थ, न्युट्रिसनल वा डाइट्री सप्लिमेन्ट, न्युट्रास्युटिकल तथा प्रोबायोटिकजस्ता पदार्थहरु बिक्रीवितरण गर्नुपूर्व विभागमा अनिवार्य रुपमा दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ।

Esewa
Crest

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीद्वारा जारी सूचनामा भनिएको छ, ‘विभागमा दर्ता नगरीकन यस प्रकारका उत्पादनहरु आहारपूरक खाद्य पदार्थको नाममा बिक्री वितरण गरिएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कारबाही हुनेछ।’

विभागले उपभोक्ताहरुलाई पनि यस्ता गैरकानुनी र अपरीक्षित सप्लिमेन्टहरु प्रयोग नगर्न र सचेत रहन आग्रह गरेको छ।

नेपालमा पछिल्लो समय स्वास्थ्य चेतनाको वृद्धि, सहरीकरण र रोग लाग्नै नदिने उपायतर्फ उपभोक्ताको आकर्षणले गर्दा न्युट्रास्युटिकल्स र आहारपूरक खाद्य पदार्थको बजार तीब्र गतिमा विस्तारित भइरहेको छ। पछिल्ला अध्ययन तथा बजार अनुसन्धान प्रतिवेदनहरुका अनुसार नेपालमा न्युट्रास्युटिकल्स र डाइट्री सप्लिमेन्टको बजार वार्षिक अर्बौं रुपैयाँबराबरको भइसकेको छ।

अध्ययनहरुका अनुसार नेपालको औषधि र सप्लीमेन्ट बजारमा न्युट्रास्युटिकल्सको हिस्सा तीव्र रुपमा बढ्दै वार्षिक ५ अर्बदेखि ७ अर्ब रुपैयाँको हाराहारीमा पुगेको अनुमान गरिएको छ। सन् २०२१ देखि २०३१ को प्रक्षेपण अवधिमा यो बजार दोहोरो अंकको वार्षिक वृद्धिदरले बढ्ने अनुमान छ।

नेपालमा खपत हुने न्यूट्रास्युटिकल्स, मल्टिभिटामिन, मिनरल्स र प्रोबायोटिक्सको ८० प्रतिशतभन्दा बढी हिस्सा आयातमा निर्भर छ। यी सप्लिमेन्टहरु मुख्यतः भारत, अमेरिका, अस्ट्रेलिया र युरोपेली मुुलुकहरुबाट आयात हुने गर्दछन्।

एउटा अस्पतालमा आधारित सर्वेक्षण (काभ्रेपलाञ्चोक अध्ययन) का अनुसार नेपालमा ८१.२ प्रतिशतसम्म बिरामी वा सर्वसाधारणले कुनै न कनै प्रकारका न्युट्रास्युटिकल्स प्रयोग गर्ने गरेको पाइएको छ। जसमध्ये सबैभन्दा बढी भिटामिन (४०.७ प्रतिशत), त्यसपछि मिनरल्स (२३.७ प्रतिशत) र एन्जाइम (२१.१ प्रतिशत) प्रयोग हुने गरेको छ।

बजार ठूलो र आकर्षक हुँदै गएकाले सामाजिक सञ्जालमार्फत बिना दर्ता अनलाइन रुपमा सप्लिमेन्टहरु बेच्ने क्रम बढेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग पर्याप्त बजार अनुगमन संयन्त्र नहुँदा मिसावट, गलत लेबलिङ र म्याग्नेसियम ग्लाइसिनेटजस्ता गैरकानुनी मोलिक्युलहरुको अवैध बिक्रीवितरण नेपालका लागि ठूलो जनस्वास्थ्य चुनौती बनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS