IME Life New

विश्वकै शक्तिशाली देशलाई मन्दीको डर ! यी आर्थिक सूचकले गर्दैछन् खतरनाक संकेत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं शक्तिशाली देश अमेरिकामा मन्दीको खतरा अझै टरेको छैन। अमेरिकाका मुख्य आर्थिक सूचकांकहरुले अझै पनि मन्दीको संकेत दिइरहेका छन्।

अग्रणी आर्थिक सूचकांक (एलआईई) मे महिनामा लगातार छैटौं महिनामा घटेको छ। यो पछिल्लो ३९ महिनामा ३७ पटक घटेको छ। जुन अमेरिकाको इतिहासको सबैभन्दा लामो अवधिमध्ये एक हो।

Esewa
Crest

पछिल्लो ६ महिनामा वार्षिक ५ प्रतिशतको गिरावट आएको छ। जसले अमेरिकामा मन्दीको खतरा अझै पनि रहेको संकेत गर्दछ।

एलआईई आफ्नो उच्चतम स्तरबाट १६ प्रतिशतले घटेको छ र ९ वर्षमा सबैभन्दा कम स्तरमा पुगेको छ। इतिहास हेर्ने हो भने सन् १९६० पछि मन्दीअघि प्रत्येकपटक एलईआईमा दीर्घकालीन गिरावट आएको छ। यसले अमेरिकाको अर्थतन्त्र मन्दीमा जान सक्ने डर बढाएको छ।

यदि अमेरिकाको अर्थतन्त्र मन्दीमा फस्यो भने यसको प्रभाव सम्पूर्ण विश्वमा देखिनेछ। प्राविधिक रुपमा लगातार दुई त्रैमासिकसम्म जीडीपीमा गिरावटलाई मन्दी भनिन्छ।

यसैबीच अमेरिकी केन्द्रीय बैंक फेड रिजर्भका अध्यक्ष जेरोम पावेलले अहिले ब्याजदर घट्ने कुनै आशा नभएको बताएका छन्। उनले भने, ‘नीतिगत परिवर्तनको चरण अझै चलिरहेको छ र अर्थतन्त्रमा त्यसको प्रभावको बारेमा केही भन्न सकिँदैन। अहिले हामी पर्खिरहेका छौँ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिले अर्थतन्त्रमा केही प्रभाव पार्नेछ तर यसको प्रभाव कति पर्छ भनेर हेर्न बाँकी छ। ट्रम्पले ब्याजदर घटाउन माग गरेका छन्। धेरै फेड अधिकारीहरुले पनि उनको मागलाई समर्थन गरेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS