काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको भाउ प्रतितोला १ लाख ८८ हजार ४०० रुपैयाँ थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार १४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

















