काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको हो । यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ९० हजार ८ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९५५ रुपैयाँमा किनबेच भएको थियो।

















