काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको हो।
यससँगै प्रतितोला सुन २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।
यता, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ५५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो।












