काठमाडौं । भारतको सबैभन्दा ठूलो इक्विटी डेरिभेटिभ्स एक्सचेन्ज नेसनल स्टक एक्सचेन्ज अफ इन्डिया(एनएसई)ले आफ्नो आइपीओे ल्याउने तयारी गरिरहेको छ।
यसैबीच निजी बजारमा एनएसईको मूल्यांकन भारु ६ लाख करोड नजिक पुगेको छ। विज्ञहरुले एनएसईको आइपीओे भारतमा अहिलेसम्मकै सबैभन्दा ठूलो आइपीओे हुन सक्ने अपेक्षा गरेका छन्। जसको आकार हुन्डाई मोटर इन्डिया, एलआईसी र पेटीएमभन्दा धेरै ठूलो हुन सक्छ।
विगत केही दिनदेखि एनएसई लगानीकर्ताको नजरमा छ। यसको कारण यो हो कि यो गैरसूचीबद्ध बजारमा आँधीबेहरीको गतिमा चलिरहेको छ।
सेबी प्रमुख तुहिन कान्त पाण्डेको टिप्पणीपछि एनएसईको आइपीओेका बारेमा छलफल पनि तीव्र हुँदैछ। यदि पछिल्ला १५ दिनमा शेयरमूल्य भारु १ हजार ५०० बाट भारु २ हजार ४००मा लगभग ६० प्रतिशतले बढेको छ। यसरी २४.५० करोड शेयरको बाँकी शेयर पुँजीलाई विचार गर्दा एनएसईको हालको मूल्य भारु ५.८८ लाख करोड छ। यस मूल्यांकनअनुसार यदि एनएसईले आफ्नो इक्विटीको १० प्रतिशत बेचे पनि एनएसई आइपीओेको आकार लगभग भारु ५५–६० हजार करोड रुपैयाँ हुन सक्छ। जसले यसलाई देशको सबैभन्दा ठूलो आइपीओे बनाउनेछ।
यो विश्लेषण र मूल्यांकन सही साबित भयो भने भारतको अग्रणी स्टक एक्सचेन्जको यो आइपीओ भारतीय स्टक बजारको अहिलेसम्मको सबैभन्दा ठूलो निष्कासन बन्न गइरहेको छ। जसले हुन्डाई मोटर इन्डिया आइपीओको रेकर्ड तोड्नेछ। जसले यसको निष्कासनमार्फत लगभग भारु २८ हजार ८७० करोड उठाएको थियो।
यसअघि एलआईसीेले देशको सबैभन्दा ठूलो आइपीओ ल्याउने रेकर्ड राखेको थियो। जुन भारु २१ हजार करोड रुपैयाँ थियो। –एजेन्सी

















