काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि आज भदौ २२ गते सकिदैछ ।
कम्पनीले जारी पूँजी ७५ करोडको ३० प्रतिशतको २२ करोड ५० लाखको २२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेकोमा सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता आइपीओ बाँडफाँड गरेको थियो।
सर्वसाधारणलाई आइपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषको शेयर ६ महीनासम्म लकइनमा राख्नु पर्ने व्यवस्था भएकाले सोही बमोजिम उक्त शेयर लकइनमा थियो। अब सो समय भदौबाट सकिँदैछ । त्यसपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

















