IME Life New
GBIME

मृतक र मृत्युको मुखमा पुगेकाहरुको बीमा पोलिसी बनाएर रु. ५० करोड झ्वाम

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित सम्भल प्रहरीले नक्कली बीमा पोलिसी बनाउने गिरोहको पर्दाफास गरेको छ। यो गिरोहले मृतकहरुको नक्कली बीमा गराएर करोड रुपैयाँ झ्वाम पारेको खुलेको छ।

यस घटनामा सम्भल प्रहरीले हालसम्म २५ जनालाई पक्राउ गरिसकेको छ। यो गिरोहको सञ्जाल उत्तर प्रदेश, उत्तराखण्ड, झारखण्ड, बिहार, हरियाणा, गुजरात, दिल्ली, आसाम, बंगाल र छत्तीसगढमा पनि फैलिएको छ।

Crest

यो बीमा धोकाधडीको घटना १७ जनवरी २०२५ बाट सुरु भएको थियो। रातको समय थियो। चिसो बढ्दै थियो। यसै क्रममा सम्भलकी अतिरिक्त एसपी अनुकृति शर्मा आफ्नो कारमा कतै जाँदै थिइन्। त्यसपछि बाटोमा एउटा कालो स्कोर्पियोले उनको कारलाई ओभरटेक गर्यो। गाडीको गति र ओभरटेक गर्ने तरिका देखेर एएसपी अनुकृतिलाई शंका लाग्यो। उनले गाडी रोक्न लगाइन्। कारमा ओंकारेश्वर मिश्रा र अमित नामका दुई व्यक्ति थिए। सुरुमा त उनीहरुले प्रहरीको प्रश्नलाई बेवास्ता गरिरहे। तर, खोजी गर्दा उनीहरुका साथबाट १६ वटा डेबिट कार्ड, बीमा कम्पनीसँग सम्बन्धित कागजात र भारु ११ लाख ४५ हजार नगद फेला पर्यो। थप अनुसन्धान गर्दा यो सानो घटना नभएको पाइयो।

अतिरिक्त एसपी अनुकृति शर्माका अनुसार यो गिरोहले कुनै गम्भीर रोगबाट पीडित वा मर्न लागेका व्यक्तिलाई आफ्नो निसाना बनाउने गरेको अनुसन्धानबाट खुलेको छ। आशा कार्यकर्ता र गाउँ प्रमुखबाट जानकारी संकलन गरेपछि यो गिरोह त्यस्ता व्यक्तिहरुसम्म पुग्थ्यो। मानिसलाई सरकारी योजना र आर्थिक सहयोगको आश्वासनले लोभ्याइन्थ्यो। उनीहरुको प्यान कार्ड, आधार कार्ड आदि लैजान्थे। त्यसपछि बिरामीहरुको नाममा बीमा पोलिसी जारी गर्नुका साथै पोलिसीको प्रिमियम पनि गिरोहले नै तिरेको थियो।

बिरामीको मृत्यु हुनेबित्तिकै यो गिरोहका सदस्यहरुले बीमा दाबी गर्थे र मनोनीत व्यक्तिको नाममा बैंक खाता खोल्थे र उनको डेबिट कार्ड र पासबुक आफूसँगै राख्थे। मनोनित व्यक्तिलाई केही पैसा दिएर चुप लगाइन्थ्योे। अनि अन्ततः गिरोहका सदस्यहरुले सम्पूर्ण बीमा रकम हडप्थे।

यो गिरोहले हालसम्म भारतभर सयौँ मानिसहरुलाई यसरी ठगी गरिसकेको अतिरिक्त एसपी शर्माले बताइन्। ‘बुलन्दशहरमा बस्ने रुखसारको हो। श्रीमान असलमको मृत्यु भएको ४५ दिनपछि केही मानिस उनको घरमा पुगे’, एउटा घटनाको उदाहरण दिँदै शर्माले भनिन्, ‘उनीहरुले रुखसारलाई उनको श्रीमानको नाममा बीमा पोलिसी रहेको बताए। अनि कागजपत्रमा हस्ताक्षर गर्न लगाएर बीमाको रकम निकाले।’

सम्भल प्रहरीले गरेको अनुसन्धानबाट यो गिरोह उत्तर प्रदेशमा मात्र सीमित नभएको पत्ता लागेको छ। उत्तराखण्ड, दिल्ली, बिहार, झारखण्ड र आसामजस्ता राज्यहरुमा पनि यस्ता नक्कली बीमा दाबीहरु गरिएका थिए। यो गिरोहले १ वर्षमा विभिन्न बीमा कम्पनीहरुबाट भारु ३१ करोड (नेरु ४९ करोड ६० लाख)भन्दा बढीको ठगी गरेको छ।

प्रहरीका अनुसार यो गिरोहले एसबीआई लाइफ इन्स्योरेन्सबाट भारु ७ करोड २७ लाख, पीएनबी मेटलाइफबाट भारु २ करोड, आईसीआईसीआई प्रुडेन्सियलबाट भारु ४ करोड ५० लाख, क्यानरा एचएसबीसीबाट भारु ७ करोड र इन्डिया फर्स्ट भारु१० करोड ठगी गरेको छ। सम्भल प्रहरीले बीमा कम्पनीहरुलाई ती पोलिसीहरुको सूची मागेको थियो। जसमा प्रारम्भिक दाबीहरु १ वर्षभन्दा कम समयमा गरिएका थिए।

यसका साथै यी घटनामा मृत्युको कारण हृदयघात भएको भनिएको थियो। ती बीमितका परिवारलाई सम्पर्क गर्ने प्रयास गर्दा धेरैजसो फोन नम्बर बन्द भएको पाइयो। सम्पर्कमा आएका केहीले आफूहरुलाई कुनै पनि बीमा नगरेको बताए। त्यसपछि प्रहरीले त्यस्ता सबै शंकास्पद बीमा पोलिसीको अनुसन्धान सुरु गर्यो र करोडौँको ठगीको पर्दाफास भयो।

यो सम्पूर्ण घटनापछि प्रहरीलाई लाग्यो कि यो गिरोहले निकट भविष्यमा मर्न सक्ने व्यक्तिहरुलाई मात्र निसाना बनाउँछ। तर, अप्रिल ११ मा दैनिक भास्करमा प्रकाशित रिपोर्टअनुसार यो गिरोह यसभन्दा एक कदम अगाडि छ। बिरामीमात्र होइन यो गिरोहले मृत्यु भइसकेका व्यक्तिहरुको पनि बीमा गराएर कम्पनीबाट पैसा हडप्न सफल भएको छ।

दैनिक भास्करको विशेष रिपोर्टमा यो गिरोहले मृतकहरुको नाममा कसरी बीमा गराइरहेको थियो भनेर बताउन केही उदाहरण दिइएको छ। यो दिल्लीका निवासी त्रिलोक कुमारको मामला हो। त्रिलोक क्यान्सरबाट पीडित थिए। जुन १५ २०२४ मा उनलाई दिल्लीको राजीव गान्धी क्यान्सर संस्थानमा भर्ना गरिएको थियो। उनको मृत्यु १९ जुनमा भयो। उनको मृत्युपछि केही मानिसहरु उनकी श्रीमतीकहाँ गए र सरकारबाट केही आर्थिक सहयोग गर्ने आश्वासन दिए। यसपछि उनीहरुले त्रिलोकको नाममा दुईवटा बीमा पोलिसी बनाए।

बीमा पोलिसी बनेपछि यो गिरोहले त्रिलोकलाई जीवित देखाउन नक्कली अस्पताल कागजात तयार पारे। सबै काम गरिसकेपछि गिरोहले बीमा कम्पनीमा दाबी गर्यो र पैसा हडप्यो।

प्रहरीले हाल यस विषयमा थप अनुसन्धान गरिरहेको छ। सम्भल प्रहरीले गिरोहका थप सदस्यहरु पक्राउ पर्ने अपेक्षा गरेको जनाएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS