काठमाडौं । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजश्व विभागले स्थायी लेखा नम्बर प्रमाण पत्र(प्यान कार्ड) अब स्थानीय तहबाटै प्राप्त गर्न सकिने जानकारी दिएको छ।
विभागका अनुसार, स्थानीय तहबाट प्यान कार्ड जारी गर्ने व्यवस्था कार्यान्वयनमा आइसकेको छ। स्थानीय तहहरूबाट यो सेवा प्रदान नभएसम्मका लागि जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट समेत लिन सकिने विभागले जानकारी दिएको छ।
विभागका अनुसार, कर भुक्तानी, कर चुक्ता प्रमाण पत्र लगायतका सेवाहरू अनलाइन प्रणालीमार्फत उपलब्ध गराइएको छ। विभागले स्थानीय तह, कोष तथा लेखा नियन्त्रण कार्यालय र कर दाता सेवा कार्यालय तीनवटै स्थानबाट सेवा लिन सकिने बताएको ।

















