IME Life New

छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ।

छ्याङ्दी हाइड्रोपावरले आफ्ना शेयरधनीहरुलाई आज जेठ २३ गतेबाट १०० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो। यो हकप्रदमा आज असार १२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। तर, मागबमोजिम आवेदन नपरेकोले अब यो हकप्रद शेयर असार २७ गतेसम्म बिक्री खुला रहने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

Esewa
Crest

कम्पनीले हाल कायम चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको १ः१ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर जारी गरेको छ।

कम्पनीको यो हकप्रदमा शेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखाहरुबाट र सीडीएससीको मेरो शेयरबाट अनलाइनन आवेदन दिन सक्नेछन्।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। यसको अर्थ जेठ १ गतेसम्म कायम शेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रद शेयरमा खरिद आवेदन दिन पाउनेछन्।

हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS