IME Life New

अर्थतन्त्रको संकट र शेयर बजारको भूमिका

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

  • प्रेम वली

पछिल्ला वर्षहरुमा सरकारको असक्षमता र उदासीनताले मुलुक गम्भीर आर्थिक संकटतर्फ धकेलियो। दुईतिहाइको बलियो सरकार हुँदा पनि १५ महिना बित्दा कुनै ठोस आर्थिक गतिविधि भएन। व्यवसायहरु ठप्प, पसलका सटर बन्द, जनता आक्रोशित तर सरकार मौन। बैंकमा पैसा थुप्रिएर बस्यो। तर, जनताले प्रयोग गर्न पाएनन्। पैसाले प्रवाह नभएपछि बजार चल्न सकेन। रोजगारी घट्यो र देशको समग्र अर्थतन्त्र सुस्तायो।

अदालतका निर्णयको अपव्याख्या गर्ने, आलोचकको मुख बन्द गर्ने, र जनताको असन्तोषलाई व्यवस्थापन गर्नुभन्दा उल्टो चाप बढाउने कामले अवस्था झन् बिगार्यो। नतिजास्वरूप आज मुलुक आर्थिक रुपमा ठूलो क्षतिबाट गुज्रिरहेको छ। तर, वर्तमान अन्तरिम सरकारलाई यो चुनौतीमात्र होइन अवसर पनि हो। अघिल्लो सरकारको असफलता र अनुभवहीनताविपरीत यो सरकारले व्यावहारिक, तर्कसंगत र लगानीमैत्री निर्णय गरेर फरक देखाउन सक्छ।

Crest

लगानीकर्ता र विश्वास पुनर्स्थापना

अहिले मुलुकभित्र लगानीकर्तामा अनिश्चितता हाबी छ। सरकारले सबैभन्दा पहिले निजी क्षेत्र, लगानीकर्ता र सर्वसाधारणलाई विश्वास दिलाउनुपर्छ कि निर्धारित समयमा चुनाव हुन्छ, शान्ति–सुरक्षा कायम हुन्छ र आर्थिक सुधार प्राथमिकतामा हुन्छ। यसो भए पुँजी पलायन रोक्न सकिन्छ र छोटो अवधिमा पनि लगानी बढाउन सकिन्छ।

शेयर बजारः अर्थतन्त्र चलायमान बनाउने माध्यम

शेयर बजार कुनै पनि देशको अर्थतन्त्र नाप्ने प्रमुख सूचक हो। विगतका सरकारले यसलाई बेवास्ता गरे पनि वर्तमान सरकारले प्राथमिकतामा राख्नुपर्छ।

  • शेयर बजार चलायमान भए लगानीकर्ताले कमाएको रकम उपभोगमा खर्च गर्छन् । लत्ताकपडा, खानेकुरा, घुमफिर आदिले अन्य क्षेत्रहरु पनि चलायमान बनाउँछ।
  • साना लगानीकर्तादेखि अर्बपतिसम्म यसमा सहभागी हुन्छन्। यसले लोकतन्त्रमा सबैलाई समान अवसर दिने अभ्यासलाई सुदृढ गर्छ।
  • प्रत्यक्ष तथा अप्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने माध्यम पनि यही हो।

तत्काल गर्न सकिने कामहरु

  • शेयर लोनको सीमा बढाउनेः बैंकमा थुप्रिएको पैसा शेयर बजारमा प्रवाह गर्न।
  • संस्थागत लगानीलाई प्रोत्साहनः बैंक तथा वित्तीय संस्थालाई पुनः लगानी गर्ने अधिकार दिनु।
  • मार्केट मेकरलाई सक्रिय बनाउनेः बजार घट्दा किन्ने, बढ्दा बेच्ने नीति व्यवहारमा उतार्नु।
  • एनआरएन लगानी सहज बनाउनेः नेपाली डायस्पोरालाई शेयर बजारसहित सबै क्षेत्रमा लगानी गर्ने अधिकार दिनु।
  • व्यक्तिगत लोनको सीमा सहज बनाउनेः क्षमताअनुसार लोन लिने वातावरण निर्माण गर्नु।
  • राष्ट्र बैंकको प्रक्रिया सरलीकरणः लगानीकर्तालाई सहज र छिटो पहुँच हुने व्यवस्था गर्नु।

निष्कर्ष

शेयर बजारलाई चलायमान बनाउन सकिएमा अर्थतन्त्रमा तत्काल सकारात्मक सन्देश जान्छ। यसले आमजनतालाई आशा दिन्छ, लगानीकर्तामा विश्वास जगाउँछ र विदेशी लगानीकर्ताको ध्यान पनि नेपालतर्फ आकर्षित हुन्छ।

अघिल्ला सरकारले बेवास्ता गरेको यही क्षेत्र अहिले सरकारको प्राथमिकतामा पर्नु जरुरी छ। लोकतन्त्रमा सबैलाई समान अवसर दिने अभ्यासजस्तै शेयर बजारले पनि सानाठूला सबैलाई समान अवसर दिन्छ। यही बाटोबाट मुलुकको आर्थिक पुनर्जागरण सम्भव छ।

(लेखक वली लामो समयदेखि शेयर बजारमा सक्रिय रहेका छन्।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS