IME Life New

नेपाल एसबिआई मर्चेन्ट बैंकिङको दशौँ वार्षिक साधारणसभा सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका शेयरधनीको दशौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा नेपाल एसबिआई बैंक लिमिटेडको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त सभाले कम्पनीको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८२ को वासलात, आ.व. २०८१/८२ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

Crest

सभाले कम्पनीका शेयरधनीलाई चुक्ता पुँजीमा २५ प्रतिशतका दरले  पाँच करोड रुपैँया बराबरको नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त साधारणसभाले आ.व. २०८२/८३ को कम्पनीको लेखापरीक्षण गर्नका लागि मेशर्स ए.पि. एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS