काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावरले आइपीओ निष्कासन अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले टक्सार पिखुवा खोला हाइड्रोपावरलाई ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँबराबरको आइपीओ जारी गर्ने अनुमति दिएको हो। अब यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ३० हजार ६६८ कत्ता आइपीओ बिक्री खुला गर्नेछ।
कम्पनीले हाल कायम चुक्तापुँजीको ३५.२६ प्रतिशतले हुन आउने रकमबराबरको साधारण शेयर निष्कासनको अनुमति पाएको छ। यो आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २० लाख रुपैयाँ पुग्नेछ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिल रहेको छ।












