IME Life New

सिनर्जी पावरको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।

Esewa
Crest

यो लाभांश पारित गर्न कम्पनीले यही पुस २८ गते १९ औँ वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सोही सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। यसका लागि नियमनकारी निकायहरुबाट कुनै रायसुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिको अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले १ महिलासहित ४ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको नियुक्ति स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनार्थ कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS