IME Life New

स्विस रिको लाभांश घोषणा, ८%ले बढायो प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्विस रिले वर्ष २०२४ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले उक्त वर्षका लागि प्रतिशेयर ७.३५ डलर नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। जुन अघिल्लो वर्षको लाभांशको तुलनामा ८ प्रतिशतले बढी हो।

Esewa
Crest

अघिल्लो वर्ष कम्पनीले उत्कृष्ट वित्तीय नतिजा निकालेको थियो। सकारात्मक व्यापार प्रदर्शन गरेकै कारण लाभांश दर बढेको कम्पनीको भनाइ छ।

यसका साथै आउँदो वार्षिक साधारणसभामार्फत कम्पनीको स्वतन्त्र सञ्चालकमा मार्टेन हुबी र जर्ज क्वियुनलाई चयन गर्ने निर्णय पनि सञ्चालक समितिले निर्णय गरेको छ। दुवैजनालाई १ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्ति गरिने कम्पनीले जनाएको छ।

यसअघि हुबी ट्राइगका सीईओ थिए भने क्वियुन जुरिच इन्स्योरेन्सका ग्रुप सीएफओ थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS