IME Life New

स्वावलम्बन लघुवित्तद्वारा फलफूलको विरुवा वितरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कल्याणपुर, सप्तरीले विश्व वातावरण दिवसको अवसरमा विभिन्न फलफूलको विरुवाहरु वितरण गरेको छ । वित्तीय संस्थामा आवद्ध ग्राहक महिला सदस्यहरुलाई कृषिमा उद्यमी बनाउने अभिप्रायले खडक नगरपालिका वडा नं. ५ र ६ साथै शम्भुनाथ नगरपालिका वडा नं.७ र ८ का ९९ घरधूरीका महिला ग्राहक सदस्यहरु प्रत्येक लाई आँप, लिची र कागती का विरुवाहरु वितरण गरिएको हो ।

फलफूलका विरुवाहरु वितरण कार्यक्रम शम्भूनाथ नगरपालिकाको वाड नं.८ स्थित श्री आधारभूत विद्यालयमा आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष इन्द्रकान्त चौधरीले समुदायमा यस प्रकारका विरुवाहरु वितरण गरी कृषि उद्यममा सघाउ पु-याएकोमा स्वावलम्ब लघुवित्तलाई धन्यबाद दिए । त्यसैगरी विशिष्ठ अतिथि विद्यालयका प्रधानाध्यापक विजय कुमार चौधरीले महिलाहरुलाई फलफुलका विरुवा वितरणबाट गाउँमा फलफुल खेतीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Crest

कार्यक्रममा शाखा प्रबन्धक अनिल कुमार साहले वित्तीय संस्थाले कर्जा तथा बचतको सेवाका अतिरिक्त समय समयमा ग्राहक सदस्यलाई विभिन्न उद्यममा टेवा पुग्ने गरी आर्थिक तथा गैर आर्थिक सहयोग तथा उद्यमशीलता प्रबद्र्धनका लागि कार्य गर्दै आएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS