IME Life New

लक्ष्मी सनराइज बैंकको साधारण सभा पुस १४ गते, प्रस्तावित लाभांश पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो पच्चिसौं वार्षिक साधारण सभा पुस १४ गते सोमबार गर्ने भएको छ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे गर्ने छ । बैंकको मंसिर १७ गते बुधबार बसेको बैठकले सभाको मिति तय गरेको हो ।

बैंकले हाल कायम चुक्तापुँजीको कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश छन्। बैंकको सभाले सो प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

बैंकको पच्चिसौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८१/ ०८२ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु ९सहायक कम्पनी समेत छलफल गरी स्वीकृत गर्नेछ ।

सभाले बैंकको लेखापरीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले उल्लिखित बोनस शेयर जारी गर्नका लागि आवश्यक हदसम्म अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, बैंकको सञ्चालक समितिको संरचना हेरफेर गर्ने, बैंकको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल के सुझाव आएमा आवश्यक संसोधन समायोजन गर्न बैंकको सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १ गते बुक क्लोज गर्ने भएको छ । त्यसका लागि पुस १ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिनुको साथै प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS