काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश वितरण नगर्ने भएको छ।
संस्थाको सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफा सञ्चित गर्ने संस्थाले निर्णय गरेको छ।
संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण वार्षिक साधारणसभा प्रयोजना नेपाल राष्ट्र बैंकमा स्वीकृति पेस गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ।












