काठमाडौं । सूर्यज्योति लाइफका सीइओ प्रकाश विक्रम खत्रीले दाबी भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेर कम्पनी अगाडी बढेको बताएका छन् । उनले आज सूर्यज्योति लाइफको सूर्यज्योति इ कर्जा र सूर्यज्योति केयरर्स डिजिटल कार्डको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले ग्राहकको हित र सेवाका लागि सधै समर्पित भएर अगाडी बढेको बताएका हुन् ।
उनले दाबी भुक्तानीलाई कम्पनीको सिद्धान्त भित्र रहेको कुरा मानेर दाबी भुक्तानीलाई पहिलो प्राथमिकता दिने गरेको बताए । जति क्लेम आउछ त्यसलाई सकेसम्म छिटो सेटलमेन्ट गर्ने गरेका छौं, उनले भने ।
ग्राहकहरुको सेवा तथा सुविधलाई मध्यनजर गर्दै यो सेवाको संचालन गरेको उनले बताएका छन् । उनले सोही कार्यक्रममा बीमा सम्बन्धी अनलाइन सर्भे पनि अयोजना गरेका थिए ।
सीईओ खत्रीले कार्यक्रम मार्फत कम्पनीका विभिन्न वित्तीय सूचकहरुको अवस्थाको बारेमा जानकारी गराएका छन् । उनले दोस्रो त्रैमाससम्ममा चुक्ता पूँजी ५ सय करोड रहेको, मर्जरबाट चुक्ता पूँजी पुर्याउने पहिलो कम्पनी बनेको, कुल लगानी ४ हजार ३५० करोड, जीवन बीमा कोष ३ हजार ७ सय करोड, कुल पोलिसी होल्डर २१ लाख, अभिकर्ताहरु ६ हजार ५ सयभन्दा बढी , १९ करोड ६० लाख नाफा आर्जन, १६ वटा कुल पोलिसी बेचिरहेको, ७४ वटा ब्रान्चबाट सेवा दिँदै आइरहेको बताए ।
यो आर्थिक वर्षसम्म ७ सय करोड कुल बीमाशुल्क संकलन गरेको बताए। साथै, उनले यो वर्ष हजार करोड कुल बीमाशुल्क बढी संकलन गर्ने अपेक्षा पनि गरेका छन् ।