IME Life New
GBIME

सुप्रिम सहकारी प्रकरण: रवि लामिछाने कारागार चलान

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोमबार भैरहवा कारागार चलान गरिएको छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी प्रकरणमा सभापति लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो। सोही आदेशबमोजिम अदालती प्रक्रिया पूरा गरेर लामिछानेलाई भैरहवा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
रुपन्देही प्रहरीका अनुसार अब अर्को आदेश नआउन्जेलसम्म लामिछानेलाई कारागारमा राखिनेछ।

Crest

बुटवल अदालतको आदेशपछि प्रहरीले लामिछानेलाई गत शुक्रबार राति काठमाडौंबाट पक्राउ गरेको थियो। उनलाई शनिबार बिहान भैरहवा पुर्याइएको थियो। दुई दिन बिदा परेकोले आज प्रहरीले अदालती प्रक्रिया पूरा गरी लामिछानेलाई कारागार चलान गरेको हो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS