IME Life New

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं सुपर मादी हाइड्रोपावरले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ११ करोड २ लाख ५० हजार रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशतले हुन आउने ५८ लाख २ हजार ६३२ रुपैयाँ नगद लाभांश छन्।

Esewa
Crest

प्रस्तावित लाभांश आगामी १६ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

सोही बैठकले वार्षिक साधारणसभा आउँदो पुस ४ गते आयोजना गर्ने निर्णय पनि गरेको छ। सभा काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले मंसिर १७ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS