IME Life New

सनी सेक्युरिटीजद्वारा विद्यार्थी लक्षित शेयर बजारसम्बन्धी सचेतना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नवलपुरको कावासोतीमा विद्यार्थीलाई शेयर बजार तथा लगानीसम्बन्धी जानकारी दिने उद्देश्यले लगानीकर्ता सचेतना कार्यक्रम गरिएको छ।

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा सनी सेक्युरिटिज कम्पनी ( ब्रोकर नम्बर ४२) को दलदले शाखाले मध्यविन्दु बहुमुखी क्याम्पसमा अध्ययनरत ५६ जना विद्यार्थीलाई सहभागी गराएर कार्यक्रम गरेको हो। कार्यक्रममा शेयर बजारको परिचय, लगानीका आधारभूत पक्ष, प्राथमिक तथा दोस्रो बजार, डिम्याट खाता, मेरो शेयर र ब्रोकरमार्फत शेयर कारोबार गर्ने प्रक्रियाबारे जानकारी दिइएको थियो। लगानी गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा समेत विद्यार्थीलाई जानकारी गराइएको थियो।

Esewa
Crest

सनी सेक्युरिटिजका प्रबन्धक सुमन अधिकारी र पवन पौडेलले विद्यार्थीलाई शेयर बजार तथा लगानीसम्बन्धी विषयमा जानकारी दिएका थिए। विद्यार्थीले लगानी र शेयर बजारसँग सम्बन्धित जिज्ञासा राखेका थिए।

कार्यक्रममा मध्यविन्दु बहुमुखी क्याम्पसका प्रिन्सिपल गणेशमान गिरीले सहभागी बिद्यार्थी लक्षित शेयर बजार सम्वन्धी उत्प्रेरित तथा शुरूवाती मन्तव्य राखेका थिए। कार्यक्रममा सहायक प्रिन्सिपल डा विष्णुप्रसाद लम्साल, सहायक प्रिन्सिपल सुरेन्द्र एमसी र कार्यक्रम संयोजक भानु अर्याललगायतको सहभागिता थियो।

सनी सेक्युरिटिजले विद्यार्थी तथा सर्वसाधारणमा वित्तीय साक्षरता र लगानीसम्बन्धी चेतना बढाउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS