IME Life New

सन सेक्युरिटिजको ‘स्टक पिच कम्पिटिसन’को ग्रान्ड फाइनल फागुन ८ मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन सेक्युरिटिज (ब्रोकर नं. ६४)ले आयोजना गरेको ‘स्टक पिच कम्पिटिसन २०८२’ ग्रान्ड फाइनल चरणमा प्रवेश गरेको छ।

प्रतियोगिताको फाइनल यही फागुन ८ मा बिहान १०ः३० बजेबाट नक्सालस्थित सन सेक्युरिटिजको ट्रेडिङ हलमा आयोजना हुने भएको छ।
प्रतियोगितामा देशभरका ३१ कलेजबाट ४९ जना विद्यार्थी सहभागी भएका थिए। प्रारम्भिक छनोटपछि ४३ जना केस स्टडी राउनडमा पुगेका थिए भने त्यसमध्ये १८ जना केस स्टडी प्रस्तुति चरणमा छनोट भएका थिए। कडा प्रतिस्पर्धापछि उत्कृष्ट ८ जना प्रतिस्पर्धी ग्रान्ड फाइनलका लागि चयन भएका छन्।

Esewa
Crest

प्रतियोगिताका विजेताले १० हजार रुपैयाँ नगद, ट्रफी तथा सन सेक्युरिटिजमा इन्टर्नसिप अवसर प्राप्त गर्नेछन्। द्वितीय र तृतीय हुनेले क्रमशः ७ हजार रुपैयाँ र ५ हजार रुपैयाँ नगदसहित इन्टर्नसिप अवसर पाउनेछन्।

यसका साथै अन्य २ उत्कृष्ट सहभागीलाई पनि इन्टर्नसिप प्रदान गरिनेछ भने सम्पूर्ण फाइनलिस्टलाई ३ महिनाको निःशुल्क ‘सस्तो शेयर’ सुविधा उपलब्ध गराइनेछ।

कार्यक्रमका आउटरिच पार्टनरहरुमा कुसोम फाइनान्स क्लब र क्वेस्ट फाइनान्स क्लब रहेका छन्। मिडिया पार्टनरका रुपमा इन्स्योरेन्स खबर तथा डाटा एनालिटिक्स पार्टनरका रुपमा नेप्से अल्फा सहकार्यमा रहेका छन्।

यस प्रतियोगिताले युवापुस्तामा पुँजी बजारसम्बन्धी ज्ञान, विश्लेषण क्षमता र व्यावहारिक अनुभव अभिवृद्धि गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS