IME Life New

सुवेदीको बीमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा बढुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशिल देव सुवेदी कार्यकारी निर्देशक पदमा बढुवा भएका छन् । प्राधिकरणको पदपूर्ती समितिले कार्य सम्पादन मूल्याङ्कनको आधारमा सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्न गरेको सिफारिशको आधारमा अब बस्ने सञ्चालक समिति बैठकले उनको बढुवाको सिफारिस अनुमोदन गर्नेछ ।

गत माघ २३ गते समितिले बढुवाको सिफारिश गरेको थियो । सिफारिश भएको ३५ दिन पछि लागु भएको हो । सुबेदीले आज को मितिले ५ वर्ष प्राधिकरणमा काम गर्नेछन् । पदपूर्ति  समितिले प्रकाशन गरेको सूचना अनुसार तीनजना उम्मेदवारमध्ये सुवेदीले सर्वाधिक ७७.१९४ अंक प्राप्त गरेका थिए।

Esewa
Crest
सुवेदीसँगै प्रतिस्पर्धामा प्राधिकरणका निर्देशकहरू कमल प्रसाद रेग्मी र पूजन ढुंगेल समेत प्रतिस्पर्धामा रहेका थिए । गत जेठ १२ गते कार्यकारी निर्देशक पदबाट राजु रमण पौडेलको अनिवार्य अवकाश पछि कार्यकारी निर्देशक पद रिक्त रहेको थियो।

पछिल्लो समयमा सुवेदी प्राधिकरण सञ्चालक समितिको सचिव, प्राधिकरणको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका थिए । सुवेदी बीमा प्राधिकरणले सञ्चालन गर्दै आएको इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल(आइआइएन)का समेत प्रमुख कार्यकारी अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS