IME Life New
GBIME

शेयर बजारमा ४१ अंकको बृद्धि, कारोबार रकम ५ अर्ब २२ करोड

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४१ दशलमव ६७ अंकले बढेर २,६६३ को विन्दुमा कायम भएको छ । आज २२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।

आज ३०९ कम्पनीको ९७ लाख ७२ हजार १९६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५१ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २५ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ८ दशलमव ६० प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्तका लगानीकर्ताले ७ दशलमव ७८ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै कुमारी सबल योजनका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १ दशलमव ८२ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS