IME Life New

बजेटपछिको पहिलो कारोबारमा घट्यो शेयर बजार, २३३ कम्पनीको शेयरमा गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८३ /८४ को बजेट सार्वजनिक पछिको पहिलो कारोबारमा बजार दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक २६ दशमलव ७२ अंकले घटेर २,७५५ को विन्दुमा कायम भएको छ । आज ३५ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४९ कम्पनीको १ करोड ३३ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ४ लाख रुपैयााको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २५ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १७ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले पनि १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सिटिजन्स बैंक डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् । सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ५ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बुङगल हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १३ दशमलव २० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS