IME Life New

स्टार माइक्रो इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ३ करोड ५७ लाख

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्सले आर्थिक वर्ष २०८१ /८२ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार खुद नाफा घटेको छ ।

५२ करोड ५० लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको स्पेसल रिर्जभमा २१ लाख ६४ हजार रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा २ लाख १६ हजार रुपैयाँ रहेको छ । रिडेन्ड अर्निङमा ४ लाख ४३ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ४३ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

Crest

यस अवधिमा कम्पनीले १० करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । यस अवधिसम्ममा कम्पनीले पुनर्बीमा मार्फत ६ करोड ६० लाख रुपैयाँ खर्चिएको छ ।

यस अवधिसम्ममा कम्पनीले ३ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४० लाख ४५ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले १० लाख १६ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ९३ लाख २२ हजार नाफा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS