IME Life New

बीमाको रु. ५० लाख हडप्न चक्कु प्रहार गरी छोराले गरे बुवाको हत्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा बीमाको रकम हडप्न फेरि एउटा दर्दनाक घटना भएको छ। एडीसीपी ग्रेटर नोएडामा बीमा रकम पाउन छोराले नै बुवाको हत्या गरेको घटनाको पर्दाफास भएको हो। यो घटना २०२४ डिसेम्बर २ मा भएको थियो। घटनामा संलग्न छोरालाई पक्राउ गरेपछि यो हत्या प्रकरणको कसना प्रहरीले पर्दाफास गरेको हो।

हत्या प्रकाश बोसकको भएको हो। उनी २० वर्षअघि आफ्ना छोरा सन्तोषसँग नोएडा आएका थिए। बुवाको नाममा रहेको बीमाको रकम हडप्ने र बैंकको ऋण मिनाहा गराउने योजना बनाएर सन्तोषले छुरा प्रहार गरी प्रकाशको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

Esewa
Crest

बोसाक परिवारको पुख्र्यौली बसोबास बिहारको किसनगन्जस्थित बोहरागाउँ हो। प्रकाश र उनका जेठा छोरा सन्तोष भने हाल नोएडाको बुलन्दसहरस्थित बिश्वाना गाउँमा बस्दै आएका थिए। प्रहरीका अनुसार प्रकाश र छोरा सन्तोषले सन् २०२२ मा एउटा निजी बैंकबाट भारु १२ लाख ५० हजार ऋण लिएर बुलन्दसहरमा घर किनेका थिए। जसको मासिक किस्ता भारु १२ हजार ५०० थियो।

हरेक महिना किस्ता तिर्न मुस्किल भएपछि प्रकाश र सन्तोषले अर्को ऋण लिने विचार गरे। उनीहरुले हाउसिङ फाइनान्सबाट करिब भारु २१ लाखको दोस्रो ऋण लिए। त्यही रकमले पुरानो ऋण तिरेपछि सन्तोषले बाँकी रहेको भारु ७ लाख ६९ हजार आफ्नो फर्म पीएसजी मसालाको बैंक खातामा जम्मा गरेका थिए। ऋणको किस्ता प्रतिमहिना करिब भारु २७ हजार थियो। जुन निकै उच्च थियो। सुरुका केही महिना बैंकको किस्ता तिर्न कुनै समस्या भएन तर विस्तारै सन्तोषको खातामा रहेको पैसा सकिन थाल्यो र उनीहरुको काम पनि राम्रो हुन सकेको छैन।

सन्तोषलाई बुवा प्रकाशले भारु २५–२५ लाखको दुईवटा जीवन बीमा पोलिसी लिएको थाहा थियो। त्यसमा प्रकाशले आफ्नी पत्नीलाई हकदार बनाएका थिए। यस विषयमा घरका अन्य सदस्यलाई थाहा थिएन।

सन्तोषले बुवाको हत्या गरी भारु ५० लाख हड्प्ने योजना बनाए। योजनाबद्ध ढंगले घरबाट तरकारी काट्ने चक्कु झोलामा राखेर सन्तोष बुवासँगै दिल्ली गए। फर्किने क्रममा उनले सिकन्दराबादको विश्वना गाउँ नजिकै कच्ची सडकमा रहेको ज्वार खेतमा स्कुटी रोके। त्यसपछि उनले झोलाबाट चक्कु झिकेर घाँटी रेटेर बुवाको हत्या गरे।

प्रहरीलाई शंका लाग्न नदिन सन्तोषले आफ्नो छातीमा चक्कुले काटेर चोट बनाए। अज्ञात व्यक्तिले आफूहरुमाथि छुरा प्रहार गरेको उनले प्रहरीसमक्ष बयान दिए। हत्यापछि सन्तोषले बुवाको मृत्यु प्रमाणपत्र बनाए र ३ महिनामै आमाको नाममा भारु ५० लाखको बीमा दाबी गरे। आमाको बैंक खातामा पैसा आएपछि सन्तोषले आमाको औंठाछाप लिएर उक्त रकम आफ्नो बैंक खातामा जम्मा गरे।

प्रहरीले लामो समयसम्म यो घटनाको अनुसन्धान गर्दा केही फेला पार्न सकेको थिएन। तर, सन्तोषले आमाको नाममा बीमा कम्पनीमा बुवाको मृत्यु दाबी गरेपछि प्रहरीलाई शंका लाग्यो। त्यसपछि प्रहरीले सन्तोषमाथि निगरानी बढायो। उनले आफ्ना खातामा पैसा तानेको थाहा पाएपछि प्रहरीले सन्तोषलाई पक्राउ गर्यो।

त्यसपछि प्रहरीले सोधपुछ गर्ने क्रममा सन्तोषले बुवाको हत्या गरेको स्वीकार गरे। अनि प्रहरीले उनलाई अदालतमा पेस गर्यो। अदालतले सन्तोषलाई जेल चलान गरिसकेको छ। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS