IME Life New
GBIME

हालसम्म ११ बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् ?

SPIL
Global College
Nepal Life

काठमाडौं । आर्थिक वर्ष २०८०।८१ का लागि हालसम्म ११ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन्। जसमध्ये ५ वटा जीवन बीमा कम्पनी र ६ वटा निर्जीवन बीमा कम्पनी छन्। लाभांश घोषणा गर्नेमा जीवन बीमातर्फ सानिमा रिलायन्स लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी तथा निर्जीवनतर्फ नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्स छन्। यी कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन्।

आइएमई लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुका लागि आकर्षक प्रतिफल घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। कम्पनीले वार्षिक साधारण सभा पनि सम्पन्न गरिसकेको छ ।

Crest

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत चुक्तापुँजीको कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश छन्।

सूर्यज्योति लाइफ इन्स्योरेन्स
कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा कम्पनीले २० प्रतिशत नै नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यस कम्पनीले साधारणसभा पनि सम्पन्न गरिसकेको छ।

नेपाल लाइफ इन्स्योरेन्स
कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २१।०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गर्नेछ भने ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। यस कम्पनीले भने माघ १० गते बुक क्लोज गरिसकेको छ। कम्पनीले २५ औँ वार्षिक साधारणसभा माघ २८ गते सम्पन्न गरिसकेको छ।

सिटिजन लाइफ इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश छन्। कम्पनीले बुक क्लोज गरिसकेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स
हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८.७५ प्रतिशत नगद (लाभांशमा लाग्ने करसमेत) लाभांश दिने निर्णय गरेको छ। कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।

सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी
कम्पनीले हाल कायम चुक्तापुँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ दिने निर्णय गरेको हो। लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्। कम्पनीले चैत २१ गते साधारण सभा गर्दैछ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स
कम्पनीले हाल कायम चुक्तापुँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको छ। कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले आफ्नो २७ औँ वार्षिक साधारणसभा फागुन २५ गते सम्पन्न गरिसकेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्तापुँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। कम्पनीले फागुन १५ गते ३१ औँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।

शिखर इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने २७ करोड ९४ लाख ६८ हजार १३७ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १० प्रतिशतले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ नगद लाभांश छन्। कम्पनीले आफ्नो २० औँ वार्षिक साधारणसभा फागुन १३ गते गरिसकेको छ।

नेपाल इन्स्योरेन्स
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले सो प्रस्ताव पारित गर्नका लागि चैत १९ गते, मंगलबार, ७६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS