IME Life New

बुटवल पावर कम्पनीको वार्षिक साधारणसभा आह्वान, शेयरधनीलाई कति छ लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुटवल पावर कम्पनीले आफ्नो ३३ औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो २ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि वितरण गरिने भनी प्रस्ताव गरिएको हाल कायम चुक्तापुँजीको ६ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

सोही सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ। सभाले विभिन्न संस्था तथा व्यक्तिलाई दिइएको आर्थिक सहयोग रकम ९ लाख ८७ हजार २०० रुपैयाँ स्वीकृत गर्नेछ।

लाभांश र सभा प्रयोजनार्थ कम्पनीले पुस १५ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS