IME Life New

हिम स्टार उर्जाको आइपीओ नतिजा यी तरिकाबाट हेर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड भइसकेको छ । तर, आइपीओ नतिजा भने केही समयपछि मात्रै हेर्न मिल्ने बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ ।

क्यापिटलका अनुसार यो आइपीओमा २० लाख ४४ हजार ४५६ आवेदकबाट कुल २ करोड ४० लाख १३ हजार ९७० कित्ता शेयर माग भएको थियो। त्यसमध्ये १८ लाख ९५ हजार ३७६ आवेदकबाट माग भएको २ करोड १२ लाख ३१ हजार ३३० कित्तामात्रै सदर भएको छ। यो हिसाबले १ लाख ४९ हजार ८० आवेदकबाट माग भएको २७ लाख ८२ हजार ६४० कित्ता बदर भएको छ।

Esewa
Crest

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ७७ हजार ३९७ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्येबाट ५ जनाले थप १–१ कित्ता शेयर पाएका छन्। यो आइपीओमा १८ लाख १७ हजार ९७९ आवेदकबाट हात खाली भएको छ।

आइपओि नतिजा ३ तरिकाबाट हेकर्न सकिनेछ । सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट  https://iporesult.cdsc.com.np/    बिक्री प्रबन्धकको वेबसाइट  https://www.nicasiacapital.com/ipo-result मेरो शेयरबाट  https://meroshare.cdsc.com.np/#/login  हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS