IME Life New

चैत ९ गतेबाट आइपीओ ल्याउँदै स्नो रिभर्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्नो रिभर्सले आगामी चैत ९ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ ल्याउन लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट माघ १८ गते अनुमति पाएको थियो।

Esewa
Crest

पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो। यी दुवै समूहले यस आइपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमध्ये पनि आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरिजङ्गाँ गाउँपालिकाको वडा नम्बर ८ का स्थानीय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता र सोही गाउँपालिकाको वडा नम्बर १ देखि ७, सिदिङ्वा गाउँपालिकाको वडा नम्बर ५ र ६, पाथीभरा याङवारक गाउँपालिकाको वडा नम्बर ५ र ६ र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको वडा नम्बर १ का स्थानीय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता छुट्याइएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीयले काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटल, ताप्लेजुङको सिरिजंगा–८, याम्फुदिनस्थित आयोजनास्थल, नेपाल बैंकको सिरिजंगा शाखा, एनएमबि बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकको फुङलिङ शाखाबाट आवेदन दिन सक्नेछन्।

स्थानीयका लागि जारी आइपीओको निष्कासन बन्द छिटोमा चैत २३ गते र ढिलोमा वैशाख ८ गते हुनेछ भने वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गते निष्कासन बन्द हुनेछ।

स्नो रिभर्सको आइपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS