काठमाडौं । लघु निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ८ महिना फागुनसम्म करिब ५८ करोड रुपैयाँको व्यापार गरेका छन्।
हाल सञ्चालनमा रहेका ४ वटा लघु निर्जीवन बीमकले २ लाख ३० हजार ७ वटा बीमालेख जारी गरेर ५७ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।
सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले फागुनसम्म ६५ हजार ८३७ वटा बीमालेख जारी गरेर १६ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
दोस्रोमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। फागुनसम्म यो कम्पनीले ५५ हजार ६२३ वटा बीमालेख जारी गरेर १४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
त्यस्तै स्टार माइक्रो इन्स्योरेन्सले ६१ हजार ९४ वटा बीमालेख जारी गरेर १३ करोड ५१ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्स ४७ हजार ४५३ वटा बीमालेख जारी गरेर १३ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।