काठमाडौं । तीन लघु जीवन बीमकको विभिन्न क्षेत्रमा २ अर्ब १६ करोड रुपैयाँ बढी लगानी रहेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आथिृक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणले यस्तो देखिएको हो। तथ्यांकअनुसार क्रेस्ट माइक्रो लाइफ, गार्डियन माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब १६ करोड १० लाख रुपैयाँ लगानी गरेका छन् ।
सबैभन्दा धेरै लगानी गर्नेमा गार्डियन माइक्रो लाइफ रहेको छ । यो कम्पनीले ८८ करोड ३ लाख रुपैयाँ लगानी गरेको छ । दोस्रोमा क्रेष्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ७५ करोड ९ लाख रुपैयाँ लगानी गरेको छ । लिबर्टी माइक्रो लाइफको लगानी पनि ५२ करोड ९६ लाख रुपैयाँ रहेको छ।
लघु बीमकहरुले सर्वाधिक लगानी बैंकहरुको मुद्दति निक्षेपमा गरेको देखिन्छ । यी ३ लघु जीवन बीमकले क वर्गका बैंकहरुमा १ अर्ब ८९ करोड ९० लाख रुपैयाँ, ख वर्गका बैंकहरुमा ७ करोड ५ लाख रुपैयाँ मुद्दतिमा राखेका छन् । ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गार्डियन माइक्रो लाइफले मात्रै २० लााख रुपैयाँ लगानी गरेको छ ।
यसैगरी सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा २३ करोड ९७ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा लिबर्टी मायक्रो लाइफले मात्रै ९९ लाख रुपैयाँ लगानी गरेको छ । नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा १ करोड रुपैयाँ लगानी गरेका छन् ।
682b0915a6d0a_1747650837
















