IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सार्वजनिक गर्यो ‘एसपीआईएल लेन्स’ त्रैमासिक न्यूजलेटर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले कम्पनीको त्रैमासिक न्यूजलेटर एसपीआईएल लेन्सको औपचारिक रूपमा शुभारम्भ गरेका छन् । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा न्यूजलेटर शुभारम्भ गर्दै सीईओ क्षेत्रीले बीमा सम्वन्धि ज्ञानवर्धक सूचना का लागी यो प्रकाशन महत्वपूर्ण हुने बताए ।

एसपीआईएल लेन्स न्यूजलेटरमा कम्पनीको वित्तीय सुचकांक, व्यवस्थापन गतिविधि तथा योजनाहरू सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरिने छ । साथै, नेपालको बीमा उद्योगको विश्लेषण तथा अन्तरराष्ट्रिय निर्जीवन बीमा बजारका गतिविधि र तिनका प्रभावहरू समेत समेटिने कम्पनीले जनाएको छ ।

Crest

कार्यक्रममा बोल्दै सीईओ क्षेत्रीले भने, एसपीआईएल लेन्स केवल एक न्यूजलेटर मात्र होइन, बीमा उद्योगलाई बुझ्न, अध्ययन गर्न र विश्लेषण गर्न चाहने सबैका लागि मूल्यवान ज्ञान–स्रोत बन्नेछ । कम्पनीले सरोकारवालाहरू सँगको संवादलाई अझ गहिरो बनाउने उद्देश्यका साथ यो प्रकाशन ल्याएको हो, उनले जोड दिए ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अनुसार एसपीआईएल लेन्स हरेक तीन महिनामा नियमित रूपमा प्रकाशित गरिनेछ र डिजिटल माध्यम मार्फत उपलब्ध हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS