काठमाडौं । प्रभु स्टिल्स एन्ड हाइड्रोले आफ्नो लगानी रहेको सिद्धार्थ केबलकारका संस्थापक शेयरधनीलाई हाल कायम चुक्तापुँजीको २५० प्रतिशत आरक्षित शेयर आज मंसिर १४ गतेबाट बिक्री खुला गरेको छ।
कम्पनीले यही मंसिर १२ गतेसम्म कायम शेयरधनीहरुलाई १ः२.५ प्रतिशत आरक्षित शेयर जारी गरेको हो। अब कम्पनीका शेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न पाउने शेयरधनीका लागि निवेदन दिन सक्नेछन्।
शेयरधनीहरुले प्रभु स्टिल्स एन्ड हाइड्रोको नाममा रहेको कुमारी बैंकको तीनकुने शाखास्थित खाता नम्बर २३५०२६८६९९१००००१ मा रकम दाखिला शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र शेयर खरिदका लागि निवेदन नदिने शेयरधनीहरुलाई आरक्षित गरिएको शेयर उपलब्ध नहुने कम्पनीले जनाएको छ।
आरक्षित शेयर खरिदका लागि निवेदन दिँदा शेयरधनी प्रमाणपत्र, व्यक्तिगत प्यान नम्बर, राष्ट्रिय परिचयपत्र र नागरिकताको प्रतिलिपि पनि पेस गर्नुपर्नेछ।

















